४ वैशाख २०८१ मंगलबार
खेल

एइबरको फराकिलो जित

मड्रिड – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एइबरले जिरोनालई ४–१ ले हराएको छ ।

खेलको नवौ मिनेटमा केकीले गोल गर्दै एइबरलाई अग्रता दिलाएका थिए । मध्यान्तर हुन ७ मिनेट बाकी हुँदा केकीले व्यत्तिगत दोस्रो गोल गर्दै एइबरको अग्रता दोब्बर पारेका थिए । ५५ औं मिनेटमा एन्डेले गोल गर्दै जिरोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए।

खेलको अन्तिम १० मिनेटमा थप दुई गोल  गर्दै एइबरले सहज जित पक्का गरेको थियो । ८० औं मिनेटमा ज्वान जोर्डानले एइबरको अग्रता ३–१ मा पुर्याएका थिए । त्ययको ९ मिनेटपछि ताकासी इनुईले गोल गर्दै एइबरको सहज जित पक्का गरेका थिए।

यस जितपछि ३६ खेलमा ४७ अंक जोडेको एइबर १० औं स्थानमा छ द। समान खेलमा एक अंक बढी जोडेको जिरोना नवौ स्थानमा छ । यसअघि सेभियाले शुक्रबार रियाल सोसिडाडमाथि १–० को विजयी नतिजा निकाल्दै अर्को सिजन युरोपा लिगमा छनोट हुने सम्भावना जीवित राखेको छ।

यस जितपछि ३५ खेलमा ५१ अंक जोडेको सेभिया स्पेनिस ला लिगाको आठौ स्थानबाट सातौ स्थानमा छ । जुन एक खेल कम खेल्दै छैटौ स्थानमा बसेको भिल्लारियाल भन्दा मात्र ३ अंक कम हो । सेभियाले लिगमा तीन खेल खेल्न बाकी छ भने भिल्लारियालले ४ खोल खेल्न बाकी छ । ३६ खेलमा ४६ अंक जोडेको सोसिडाड ११ औं स्थानमा छ।

४७ आं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गरेको गोल सेभियाको जितमा पर्याप्त बन्यो । सोसिडाडका डिएगो लोरेन्टेले सान्ड्रो रामिरेजमाथि खराब फाउल गरेपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो।

प्रकाशित: २३ वैशाख २०७५ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App