काठमाडौं – नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ नामक दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाको लक्की ड्रमार्फत् प्रकाश मिजार विजेता भएका छन्।
शुक्रबार गरिएको लक्की ड्रमा काठमाडौं मुलपानीका मिजार (अर्जुन वाइन सप) विजयी भएका हुन्। उनले अप्रिला स्कुटर पाउनेछन्।
रिपब्लिक मिडियाले ग्राहक योजनामा सहभागी हुने सबै ग्राहकहरूको लागि हात खाली नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था गरेको छ। सहभागी ग्राहकहरू मध्येबाट दैनिक लक्की ड्र, पाक्षिक लक्की ड्र तथा मासिक लक्की ड्रमार्फत समेत विभिन्न उपहारको व्यवस्था गरिएको छ। मासिक लक्की ड्रमार्फत हरेक महिना एकजनाले अप्रिला स्कुटर प्राप्त गर्नेछन्। वितरण विभागका प्रबन्धक मदन अर्यालका अनुसार यो योजना सातवटै प्रदेशमा संचालन भइरहेको छ। योजना अवधिभर बनेका नागरिक दैनिकका सबै वार्षिक ग्राहकहरू यो उपहार योजनामा सहभागी हुनेछन्।
प्रकाशित: २३ वैशाख २०७५ ०२:३३ आइतबार