६ वैशाख २०८१ बिहीबार
समाज

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

मुगु– गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा बिहीवार विहान ९ बजे लागेको आगोका कारण १७ घर जलेर नष्ट भएका थिए। अन्नपात, भाँडा वर्तन लगायत सबै खरानी भएपछि छिमेकीका घरमा आश्रय लिएर बसिरहेका अग्नी पीडितले तीन दिनपछि राहत पाएका हुन्। चिउरा, चिनी, चाउचाउ, तेल, पाल, जकेट, कम्बल सिलिपिङ्ग ब्याग, दाल लगायतका राहत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत लिएर मुख्यमन्त्री शाही मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बम, प्रदेशसभा सदस्य दानसिंह परियार तथा प्रमुख जिल्ला अधिकारी किम्रीसहित घटनास्थल पुगेको बताइएको छ। 

जिल्लाबाट पनि तत्कालका लागि १३ क्वीण्टल चामल, तेल, भाँडा वर्तन, चाउचाउ, औषधि, कम्बल लगायतका सामाग्री पठाइएको छ। उद्योग बाणिज्य संघ मुगुले संकलन गरेको ८७ हजार ३ सय ५५ र हाल स्पेनमा रहेका छायानाथ रारा नगरपालिका १३ थार्प गाउँँका अक्कल बोहोराले पठाएको २० रकम पनि अग्नी पीडित परिवारलाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालयले तत्काल प्रति परिवार १०÷१० हजार प्रदान गरेको छ। मुगुम कार्मारोङ्ग गाउँपालिकाले तीन महिनासम्मका लागि खाद्यान्न व्यवस्था गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए।

हेलिकप्टर व्यवस्था गर्न नै समय लागेकाले राहत सामाग्री आउन ढिलाई भएको र तत्काल खान बस्नको व्यवस्था मिलाइए पनि पीडितको पुर्नस्थापनाका लागि घर बनाउन्जेलसम्म सरकार लागि पर्ने मुख्य मन्त्री शाहीले बताए। 

प्रकाशित: २२ वैशाख २०७५ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App