coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोनाद्वारा एथलेटिको विलबाओ पराजित

बार्सिलोना– स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पर्ने क्रममा बार्सिलोनाले एथलेटिको विलबाओलाई पराजित गरेको छ ।
आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिको विलबाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि खेलको २१ औं मिनेटमा इभान राट्रिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले आन्ड्रे तुआनको क्रसमा रक्षमपंत्तिका खेलाडीको गल्तीको फाइदा उठाउँदै हेडमार्फत बललाई जाली चुमाएका थिए । लिगको पहिलो खेलमा भने बार्सिलोनाले ग्रान्डालाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । गए राति सम्पन्न अन्य खेलमा भिल्लारियल र सेभिल्ला तथा स्पोटिङ गिजोन र आल्भरले गोलरहित बराबरी खेलेका थिए ।

 

प्रकाशित: १३ भाद्र २०७३ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App