coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साेनम कपुर ब्यापारी अाहुजासँग लगन कस्दै

मुम्बई– बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले दिल्लीका ब्यापारी आनन्द आहुजासँग विवाह गर्दैछिन् । सोनम र आनन्द दुवैका परिवारले विवाहको पुष्टि गरेका छन् ।

सोनम बलिउडका सुपरस्टार अनिल कपुरकी छोरी हुन्। यी जोडीको विवाह मे ८ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह हुने खबरसँगै समाजिक सञ्जालमा यी जोडीको कार्ड सार्वजनिक भएको छ । जसअनुसार मे ७ मा मेहदी रसम र ८ मा विवाह र पार्टी हुनेछ । 

विवाह मुम्बईम हुने बताइएको छ । यी जोडी सन् २०१४ मा एक फेसन सोमार्फत् एकअर्कासँग परिचित भएका थिए ।

 

प्रकाशित: २२ वैशाख २०७५ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App