७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ। दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो। 

ट्रम्पको निमन्त्रणामा मुन वासिङटन जान लाग्नुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शनिबार जनाएको छ। उनीहरुकाबीचमा यही मे महिनाको २२ तारिखका दिन वासिङटनमै भेटवार्ता गर्ने तय भएको अधिकारीले बताएका छन्। 

ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउँदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिन लागेका हुन। ट्रम्प र मुनकाबीचमा भेटवार्ता गर्ने कुरा दुई कोरियाको शिखर सम्मेलन अगाडिदेखि नै चर्चामा रहेको थियो। 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच गत अप्रिल २७ का दिन पान्मुन्जोममा शिखर वार्ता भएको थियो। शिखर वार्ता भएको ठाँउ दुई देशको सीमा क्षेत्रमा पर्दछ। 

उनीहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा बिहानको समयमा झण्डै डेढ घण्टा वार्ता भएको थियो। 

बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताले एक आपसमा पटकपटक भेटवार्ता गर्ने र संवन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। 

सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो। सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन। 

प्रकाशित: २२ वैशाख २०७५ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App