७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा परेको वुलेटबाट ग्यास चुहिन थाल्यो

त्रिशुली नदीमा पल्टिएको ग्याँस।

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालको छ। गत बैशाख १४ गते काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा पल्टिएको थियो। ग्याँसको बुलेट पल्टिएर गन्हाउन थालेपछि स्थानीय त्रसित भएका छन्।

एक सातासम्म उक्त बुलेट झिक्न कसैले पनि चासो देखाएका छैनन्। पल्टिएको ग्याँसको बुलेट पानीको सतह बढ्दा पानीले बुलेट फेरी पल्टाएपछि ग्याँस गनाउने गरेको मलेखुका स्थानीय रमेश सिलवालले बताए। ‘पल्टिएको बुलेट त्रिशुली नदीमाथि देखिएको छ, सिलवालले भने, बुलेट पल्टिएर पानीको सतहमा रहेको ग्यास गनाएकाले दुर्घटना हुने जोखिम बढेको छ।’

उक्त बुलेट सिद्धार्थ ग्यास उद्योगको भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीले बताएको छ।  प्रहरी निरीक्षक संजय तिमल्सेनाका अनुसार पानीको बहाव बढेसँगै पानीमा रहेको बुलेटलाइै फेरी पल्टाएको छ। ‘हामीले ग्यास छिटो निकाल्न कम्पनीलाइ आग्रह गर्दा पनि कुनै चासो देखाएका छैनन्।’ तिमल्सेनाले भने, ‘बुलेट डुवेको पानीमा भुल्काहरु  देखिएका छन्, जोखिम बढेपछि हामीले निगरानी बढाएका छौँ।’

जुनसुकै बेला आगो लाग्न सक्ने भएपछि स्थानीयले प्रशासन गुहारेपछि नीलकण्ड नगरपालिकाको दमकल दुर्घटना स्थलमा तयारी अवस्थामा राखिएको छ। ग्याँस बुलेट पल्टिदाँ चालक ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलकमै मृत्यु भएको थियो। एक सातासम्म उक्त बुलेट झिक्न कसैले पनि चासो देखाएका छैनन्। उक्त बुलेट सिद्धार्थ ग्यास उद्योगको भएको प्रहरीले बताएको छ।

प्रकाशित: २२ वैशाख २०७५ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App