सुनवल नगरपालिकाले अस्पताल बनाउने

शनिबार, २२ बैशाख २०७५, १३ : ५९ नागरिक

नवलपरासी- आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ। 

रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५ श्ययाको अस्पतालका साथै दुई वटा ठूला डिपाटमेन्टल स्टोर स्थापना गर्ने प्रारम्भिक योजना रहेको नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए। 

नगरपालिकाको ५१ प्रतिशत, नगर क्षेत्रमा रहेका सहकारीसहित वित्तीय संस्थाको ४९ प्रतिशत सेयरमार्फत अस्पताल र डिपाटमेन्टल स्टोर स्थापना गर्ने योजना रहेको छ। सरकारी निकायबाट आवश्यक ऋण लिएर नगरपालिकाले अपनत्व ग्रहण गरी नगरवासीलाई साथमा लिएर आगामी पाँच वर्षभित्र दुबै काम गर्न आवश्यक भएकाले रणनीति अघि सारेको नगरप्रमुख थापाको भनाइ छ। 

सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई नगर परिचय पत्रका आधारमा निश्चित प्रतिशत छुट वा सहुलियत दिएर अस्पताल र डिपाटमेन्टल स्टोर सञ्चालन गर्न सकिने बताइएको छ। 

सबै नगरवासीको डिजिटल दस्तावेज कायम गरी अभिलेख राख्ने राखेर वितरण गरिने नगरवासी परिचय पत्र कार्डमार्फत छुट वा सहुलियत दिएर दुबै योजना सफल बनाउने नगरपालिकाको लक्ष्य छ। सबै घरघुरीको सर्वेक्षण गरी सबैको सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी नगरवासी परिचय पत्र जारी गर्ने योजना बनाएको छ।

जसका लागि सबै नगरवासीलाई करको दायरामा ल्याउने नगरवासीको यर्थात आर्थिक अवस्था समेत समावेश गरेर तयार परिने गरी डिजिटल प्रविधिको सफ्टवयर निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताए। 

घरधुरी सर्वेक्षण गरी लिइने सबै सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी कप्युटरमा नगरवासीको नाम खोजी गर्दा सो नगरवासीले नगरपालिकालाई तिनुपर्ने वास्तविक कर समेत थाहा हुने आधारमा दस्तावेजीकरण गर्ने नगरपालिकाको योजना रहेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad