१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चावहिल, जोरपाटी, साँखु सडकखण्डको दुरावस्था (भिडियो)

भिडियाेः दिपेन्द्र रोक्का/सुजन श्रेष्ठ

काठमाडौं – तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका सडक बढाउन तत्परता देखाएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन।

चावहिल, जोरपाटी, साँखु १२ किलोमिटर सडक डिसेम्बर २०१७ सम्ममा सकाउने घोषण गरेपनि अझै बाटोको अवस्था कहालीलाग्दो छ।

गतहप्ता परेको वर्षाको कारण बाटो हिलाम्मे हुँदा सर्वसाधारणलाई आवत जावत गर्न समस्या भएको छ। उचित मुअब्जाको माग राखी सर्वोच्च अदालतमा स्थानीय वासिन्दाहरूले रिट दायर गरेकोले सो सडक खण्डको निर्माण कार्यमा ढिलाइ हुन गएको काठमाडौं उपत्यका सडक सुधार आयोजनाको दाबी छ।

बर्षा हुने बित्तिकै सडकमा पानी जम्ने हुँदा हिँडडुल गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन्।

 

प्रकाशित: २२ वैशाख २०७५ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App