coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कैलालीमा बम विस्फोट

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ।

सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए।यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद वस्तु नक्कली बमलाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ। सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् ।शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ।रासस

 

प्रकाशित: २२ वैशाख २०७५ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App