coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इच्छा सबैभन्दा ठूलो मानसिक रोगः निग्रोह महास्थिवर

पाल्पा – शनिबार जिल्लामा विभिन्न धर्मावलम्बीहरुले बुद्धको उपदेश लिएका छन्। लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोध महास्थिवरबाट हिन्दु, मुस्लिम, ब्रह्मकुमारी, ओशा र बौद्धिष्टहरुले ज्ञान ग्रहण गरेका हुन्।

मानिसमा तीन प्रकारका मानसिक, प्राकृतिक र शारिरिक रोग हुने महास्थिवरले बताए। बुद्धको उपदेश प्रदान गर्दै उनले भने, ‘इच्छा मानिसको सबैभन्दा ठूलो मानसिक रोग हो। आकाशबाट रत्न वर्षा भएभनि मानिसलाई पुग्दैन। चित्तलाई रक्षा गर्न सकेमात्र मानसिक रोगबाट मुक्ति पाइन्छ।’

उनले भोकप्यास शारिरिक र जीर्ण वा अशक्त पन प्राकृतिक रोग भएको बताए। ‘सिल समाधी प्रज्ञा’ बुद्धको उपदेश हो। शरिर र वचनलाई बाँध, चित्तलाई सहि बाटोमा लगाउ र सुशुप्त ज्ञान उजागर गर। यो भए जीवनको सार्थक अर्थ रहन्छ। उनले बुद्धलाई उनको भाषाको परिचय आवश्यक रहेको भन्दै शान्तिका अग्रदूत नभन्न आग्रह गरे। ‘बुद्ध शान्तिका नायक हुन्। अग्रदूत भनेर अर्थ लगाउनु अपमानजनक हुन सक्छ। बुद्ध नेपालमा जन्मेको भनेर चिच्याएरमात्र हुँदैन। उनको मार्गमा हिड्न सक्नुपर्छ,’–भिक्षु महास्थिवरले भने, ‘तृष्णा, दृष्टि, मान र अविद्यालाई त्याग गर्न सक्नुपर्छ।’

भिक्षु महास्थिवरले भने, ‘तनावपूर्ण द्वन्द्वग्रस्त अवस्थामा बुद्ध उपदेश मानिसका लागि उपयोगी हुन्छ। २९ वर्षसम्म दरबारमा र ६ वर्ष तपस्या गरेर प्राप्त गरेको बुद्धत्व धर्मको अर्थ धेरैले नबुझेको बताए। धर्मको कुरा धेरैले गर्छन्, तर धर्मको अर्थ थोरैले बुज्छन्, उनले भने।’

बुद्ध जयन्ती मूल समारोह समितिले आयोजना गरेको बौद्ध धार्मीक सभामा मुस्लिम समुदायबाट हाफिजी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयबाट जनार्दन घिमिरे लगायत अन्य धर्मावलम्बीहरुको समेत उपस्थिती थियो।

प्रकाशित: २२ वैशाख २०७५ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App