प्योङयाङ- उत्तर कोरियाले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको छ।
यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो। उत्तर र दक्षिण कोरियाको टाइम जोन समान बनाइएको उत्तर काेरियाली समाचार एजेन्सीहरुले जनाएका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्नेलगायतका सहमति गरेका थिए।
यसले उत्तर र दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकिने विश्वास गरिएकाे छ।सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो। त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो बनाएकाे थियो।
प्रकाशित: २२ वैशाख २०७५ ०५:०८ शनिबार