coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु

हेटौँडा- पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडाँैतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा परेका दुई जना सक्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको अवस्था अहिले गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थल अमलेखगन्ज मकवानपुर जिल्लाको सिमानासँग जोडिएकाले ती घाइतेलाई हेटौँडातर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । रासस

प्रकाशित: १३ भाद्र २०७३ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App