coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्पोटर्स अवार्डमा साहसको साथ

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च र खेलकुद पोसाक कम्पनी साहस स्पोटर्सबीच जेठको पहिलो साता हुने पल्सर स्पोटर्स अवार्डका लागि शुक्रबार सह–प्रायोजन सम्झौता भएको छ। 

सम्झौतापत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोटर्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार साहसले मञ्चलाई खेलकुद पोसाक उपलब्ध गराउने छ।

‘खेलकुद क्षेत्र किचलोमा रुमल्लिइरहेको समयमा मञ्चले गर्ने यस अवार्डले खेलाडीको हौसला बढाउने काम गरेको छ,’ साहसका प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘मञ्चसँगको सम्झौतालाई आगामी दिनमा निरन्तरता दिइनेछ ।’ मञ्चका अध्यक्ष महेश आचार्यले सहप्रायोजक साहस स्पोटर्सलाई धन्यवाद दिए।

जेठ ३ मा हुने अवार्डका लागि मञ्चले गत साता पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । यस पटकको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरणकुमार लिम्बु, गल्फकी प्रतिमा शेर्पा र टेबलटेनिसका स्यान्टु श्रेष्ठ परेका छन्।

प्रकाशित: २२ वैशाख २०७५ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App