७ वैशाख २०८१ शुक्रबार
समाज

भीरबाट लडेर पर्यटकको मृत्यु

गोरखा –उत्तरी गोरखाको मनास्लु पदमार्गमा गएका एक विदेशी नागरिकको भिरबाट लडेर मृत्यु भएको छ।

धार्चे गाउँपालिका ३ उहियाको तातोपानी क्षेत्रमा हिँड्दै गर्दा भिरबाट लडेपछि स्पेनी नागरिक ६२ वर्षिय सान्चे भालेरो को शुक्रवार मृत्यू भएको हो । पर्यटक भिरबाट लडेपछि हेलिकप्टरबाट उद्धार गरिएको भएपनि काठमाण्डौँ नपुर्‍याउँदै बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

उनको शव शिक्षण अस्पतालमा राखिएको छ । मनास्लु पदमार्गमा भिरालो जमिन, जोखिम युक्त पदमार्गका कारण वर्षेनी पर्यटकको लडेर ज्यान जाने गरेको छ।

 

प्रकाशित: २२ वैशाख २०७५ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App