८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा २ को मृत्यु, ६ घाइते

बर्दिया–शुक्रबार राती पुर्व पश्चिम राजमार्गको बर्दियाको बारबर्दिया नगरपालिका–आठऔरी बजार नजिक जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

धनगढीबाट कोहलपुरतर्फ गइरहेको बा १७ च १२१७ नम्बरको जीपको टायर पन्चर भएर पल्टिँदा म्याग्दीका ४२ वर्षिया राम बहादुर हमाल र कञ्चनपुरका ३३ वर्षिया भुवन पन्तको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।डडेल्धुराका अमरगढी नगरपालिका—२ का जीप चालक ओमप्रकाश भट्ट सहित ६ जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित: २२ वैशाख २०७५ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App