६ वैशाख २०८१ बिहीबार
समाज

ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा बालिकाको मृत्यु

पाल्पा – शुक्रबार राति ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

तानसेन–३, अप्पुभिलेज नजिकै ट्रिपरले ठक्कर दिँदा सिद्धार्थनगर नगरपालिका–१, रुपन्देहीकी अनुशिका दर्लामीको मृत्यु भएको हो।

चुनढुङ्गा लिएर रुपन्देही तर्फ जाँदै गरेको लु २ ख २४४० नम्बरको ट्रिपरले तानसेन  बतासेतर्फ गइरहेको लु १७ प ८७५९ नम्बरको मोटरसाईकललाई राति ९ः२५ बजे ठक्कर दिएको थियो। बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।

प्रकाशित: २२ वैशाख २०७५ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App