भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते

बुधबार, ०८ असार २०७३, १२ : ११

भीमदत्तनगर—घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन्।

वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम राना, २४ वर्षीय भाउजू जानकी राना र १२ वर्षीय भतिजा सुशान्त रानालाई बञ्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

'पहिलेदेखि नै दाजु भाइको अंशलगायत घरायसी विवाद थियो', स्थानीय भोज रानाले भने, 'हिजो एक्कासि आक्रमण गरेको सुन्यौँ।'

घाइतेको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ। घाइतेमध्ये जानकी रानाको अवस्था गम्भीर रहेको छ । प्रहरीले आक्रमणमा संलग्न विनोद रानालाई नियन्त्रणमा लिएको छ। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad