coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केरा खेती नष्ट गरेको आरोपमा पाँच जना पक्राउ

चितवन- कालिका नगरपालिका वडा नम्बर ६ मा लगाइएको केरा खेती नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिका नगरपालिका १ का २३ वर्षीय डेढे भन्ने मनिष बहादुर गुरुङ, २३ वर्षीय अर्जुन गहतराज, कालिका ३ का २८ वर्षीय गोपाल परियार, २२ वर्षीय सुजन लोप्चन र कालिका ५ का १८ वर्षीय उमेश माझीलाई पक्राउ गरेको हो। 

बैशाख २० गते प्रक्राउ गरिएका पाँच जनालाई केही सार्वजनिक 'अपराध र सजायँ' ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अदातलबाट शुक्रबार सात दिनको म्याद लिइ पक्राउ परेकाहरुलाई हिरासतमा राखिएर अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। 

गएको सोमबार राति कालिका नगरपालिकाका १२ जना कृषकको केरा बगानका तीन हजार ९४ बोट केरा काटेर नष्ट गरिएको थियो। घरी लागेका र लाग्ने क्रममा रहेका केराका थाम काटेर नष्ट गर्दा १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो। 

प्रकाशित: २१ वैशाख २०७५ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App