८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

स्टकहोम – यस वर्षको नोबेल साहित्य पुरस्कार नदिइने भएको छ ।  यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा पहिलो पटक उक्त पुरस्कार नदिइने भएको हो। 

स्वीडिस एकेडेमीका अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व थप समय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेकाे जनाइएका छन्। उनले सन् २०१९ मा दुबै पुरस्कार एकैसाथ घोषणा गरिने बताए। 

यौनहिंसा विरूद्ध विश्वव्यापी रूपमा चलाइएको ‘मि टु क्याम्पियन’ अन्तर्गत विभिन्न १८ महिलाले आफूहरू स्वीडेनी सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्व जाँ–क्लाउड अरनोल्टबाट बलात्कृत वा याैन आक्रमणमा परेको भन्ने  विषय स्वीडेनी पत्रिका डगेन्स निहेटरले बाहिर ल्याएपछि गत नोभेम्बरदेखि एकेडमी विवादमा तानिएको थियो। 

एकेडेमीका सदस्य तथा कवियत्री कटरिना फ्रोस्टेनसनका फ्रान्सेली श्रीमान् अर्नोल्टले आरोपको नियमित रूपमा खण्डन गर्दै आएका छन्। 

प्रकाशित: २१ वैशाख २०७५ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App