७ वैशाख २०८१ शुक्रबार
समाज

कर्मचारी नहुँदा नगरको कामकाज ठप्प

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको कामकारबाही प्रभावित भई सेवाग्राही मारमा परेका छन । तालिम सेबिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवाग्राही मारमा परेका हुन ।

बैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालिममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख (मेयर) ओमबहादुर बुढा प्रमुख प्रसासकीय अधिकृत भिमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि बिभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी खाली हात फर्किने गरेका छन् ।

नगरपालिकाका नायब सुब्बा चन्द्रपसाद बुढथापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदको लागि भन्दै जिल्ला बाहिर गएको लामो समयसम्म कार्यालयमा नफर्केपछि अहिले नगरपालिकामा सामान्य सिफारिसबाहेक अन्य काम नहुँदा सबैसाधारणहरु खाली हात फर्किने गरेको र केही कर्मचारीहरु कार्यालय कुरेर बस्नुको बिकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयशंकर धितालले बताए ।

त्रिपुराासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भएपनि केही ११ वार्डका कार्यालय सहयोगी सहायक र कृषि र पशु कार्यालयका केही कर्मचारीबाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिँदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वार्डमध्ये ९, १० र ११ वार्डका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धितालबाहेक नासु सो सरहका कुनै पनि कर्मचारीहरु नहुँदा वार्डमा सिफारिस गर्नसमेत समस्या परेको उनीहरुको गुनासो छ ।

त्रिपुरासुनदरी नगरपालिकाको कार्यालय सामान्य रहेको वार्ड १ का सचिव नासु दिलिप कुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हालसम्म नआउँदा कार्यालय कामकाजमा समस्या पर्ने गरेको वार्डाध्यक्ष कर्मसिं थापाले बताए । 
 

प्रकाशित: २१ वैशाख २०७५ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App