७ वैशाख २०८१ शुक्रबार
समाज

आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर – जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा शुक्रबार पाँच जनासँग बयान लिएको छ। 

जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताए। 

यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन्। 

निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ। 

यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो। 

प्रकाशित: २१ वैशाख २०७५ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App