८ वैशाख २०८१ शनिबार
समाज

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

खोटाङ – यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्षसहित चार पदाधिकारीलाई पक्राउ गरेको छ।

सिण्डकेट खारेज गर्ने सरकारको निर्णय विरुद्ध जिल्लामा यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव रामकुमार हिङमाङ र सल्लाहकार बुद्धिबिनोद लुइटेललाई शुक्रबार पक्राउ गरेको हो। 

पक्राउ गरिएका यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए। यातायात व्यवसायीलाई नियन्त्रणमा लिए पनि जिल्लामा यातायातका सवारी साधन चलेका छैनन्। सवारी साधन नचल्दा बिरामी तथा आकस्मिक कामका लागि यात्रा गर्ने स्थानीय मारमा परेका छन्। 

प्रकाशित: २१ वैशाख २०७५ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App