coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्। 

विराटनगर– १० मा कोषको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्दै उनले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। 

उनले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिए। 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताए। कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिए। 

दश कठ्ठा जमिनमा भित्र रु दुई करोड ८६ लाख ५२ हजार १६६को लागतमा निर्मित अपाङ्ग र सूचना प्रविधिमैत्री उक्त दुई तल्ले भवन निर्माण गरिएको हो। कोषले यस क्षेत्रका ८० हजार कर्मचारीलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: २१ वैशाख २०७५ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App