हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

शुक्रबार, २१ बैशाख २०७५, १३ : १३ विष्णु बेल्वासे

काठमाडौं – चर्को गर्मी हुने वैशाखमा पनि वातावरण चिसै भएपछि हिउँ पग्लन नपाउँदा बिजुली उत्पादन घटेको छ। नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली गत वर्षको यही समयको तुलनामा २४ प्रतिशतसम्म कमी आएको हो।

गत वर्षको वैशाखमा चर्को गर्मी थियो तर, अहिले भने जाडोको मौसम जस्तै भएकाले बिजुली उत्पादनमा कमी आएको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले बिहीबार नागरिकलाई बताए।

‘गत वैशाख ५ गते २४ प्रतिशत, ६ गते २२ प्रतिशतले कमी आएको थियो,’ उनले भने, ‘अहिले पनि मौसममा सुधार नआएकाले बिजुली उत्पादनमा कमी आएको छ।’ कुनै दिन पानी परेपछि केही समय बिजुली उत्पादनमा केही सुधार देखिएपनि समग्रमा बिजुली उत्पादन घटेको जानकारी पनि धितालले दिए।

नदीमा आधारित ठूला आयोजना कालगण्डकी, मस्याङदीलगायतका आयोजनाबाट बिजुली उत्पादन कमी आएको छ। साना आयोजनाबाट पनि बिजुली कम उत्पादन हुँदै आएको छ। ‘८ मेगावाट बिजुली उत्पादन हुने क्षमताका भएका आयोजनाबाट मेगावाट को त कुरै छाडौ किलोवाट मात्र बिजुली उत्पादन भइरहेको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने।

आयोजनाबाट उत्पादित बिजुलीको उचित ब्यवस्थापन गरेकै कारण लोडसेडिङ नभएको जानकारी उनले दिए । औधोगिक क्षेत्रमा भने अहिले पनि दैनिक ३ घन्टा लोडसेडिङ हुँदै आएको छ।

अहिले बढी खपत हुने समय (पिक आवर) मा बिजुलीको माग १ हजार १ सय ८१ मेगावाट रहेको छ  तर, बिजुली आपूर्ति भने ९ सय ४१ मेगावाट मात्रै भएको धितालले बताए । ‘अहिले २ सय ४० मेगाबाट बिजुली प्रणालीमा कमी छ,’ उनले भने, ‘नपुग बिजुली औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेर पु-याएको छ।’

औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ वैशाखको अन्त्य वा जेठदेखि नगर्ने घोषणा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गरेका छन्। तर, अहिलेको अवस्थामा औद्योगिक क्षेत्रमा भएको लोडसेडिङ अन्त्य गर्न अष्ठयारो पर्ने ऊर्जाविद् बताउँछन्।

भारतबाट र जलाशययुक्त आयोजनाबाट हुन सक्ने सम्मको बिजुली उत्पादन गरेर लोडसेडिङ हुनबाट जोगाइएको प्राधिकरणको भनाइ छ। यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट तीन सय तीन मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट एक सय ६० मेगावाट र भारतबाट चार सय ७८ मेगावाट गरी कूल नौ सय ४१ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने नपुग दुई सय ४० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गर्नु परेको जानकारी धितालले दिए।

विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सहज बनाउने अभियानमा लागेको प्राधिकरणको भनाइ छ।

गर्मी कम भएका कारण बिजुलीको खपत पनि कम भएको प्राधिकरणको भनाइ छ। ‘वढी गर्मी हुँदा खासगरी तराइमा पन्खा, एयर कुलरको बढी चल्ने गर्छन्,’ धितालले भने, ‘तर, अहिले प्रत्येक दिन जसो पानी परेकोले गर्मी धेरै नभएकाले बिजुलीको खपत पनि कम भएको छ।’

हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्दै आएको छ। हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइन संरचनाहरुबाट सहजरुपमा विद्युत आपूर्ति भई रहेको जानकारी पनि प्राधिकरणल दिएको छ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै जाने योजना पनि प्राधिकरणले गरेको छ। माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याउन पनि आग्रह गरेको छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad