coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दिक्तेलमा पशुबधशाला निर्माण

दिक्तेलमा पशुबधशाला उदघाटन गर्दै मेयर दिपनारायण रिजाल। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको दिक्तेलमा सुविधासम्पन्न पशुबधशाला निर्माण गरिएको छ। सुरक्षित र स्वच्छ तरिकाले राँगालगायत पशुको मासु बिक्री गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडामा ४ कोठे पक्की पशुबधशाला निर्माण गरिएको हो।

दिक्तेलको हाटडाँडामा शनिबार र बुधबार लाग्ने हटियामा काटिने पशुको मासु बिक्रीलाई व्यवस्थित गर्न नगरपालिकाको ८० प्रतिशत र हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यापार प्रवद्र्धन समितिको २० प्रतिशत लगानीमा पशुबधशाला निर्माण गरिएको हो। करिब २३ लाखभन्दा बढीको लागतमा निर्माण गरिएको पशुबधशाला बिहीबार नगरका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका हुन्।

नगरपालिकाको १९ लाख अनुदान तथा हाटडाँडा टोल पुर्वाधार बिकास तथा व्यपार प्रवद्र्धन समितिको करिब ४ लाख ७३ हजार खर्चमा पशुबधशाला निर्माण गरिएको हाटडाँडा टोल पुर्वाधार बिकास तथा व्यपार प्रवद्र्धन समितिका अध्यक्ष किसनकुमार राईले बताए।

हाट तथा बजारमा जथाभाबी राखेर मासु बिक्री गर्नेक्रमलाई व्यवस्थित गर्नका लागि बधशाला निर्माण गरिएको हो। पशुबधशालामा एकै पटकमा ८ मासु व्यवसायीले मासु बिक्री गर्न सक्ने अध्यक्ष राईले बताए।

प्रकाशित: २१ वैशाख २०७५ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App