साताभित्र सडक बनाउन अल्टिमेटम

सोमबार, १३ भदौ २०७३, ०८ : ४२ महेशकुमार दास

महोत्तरी- एक दशकदेखि बेवास्ताको शिकार भएर जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक निर्माण सुरु गर्नुपर्ने माग गर्दै स्थानीयले नेपाल सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्।

महोत्तरी र धनुषाका स्थानीयले संयुक्त रुपमा आइतबार प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवमार्फत प्रधानमन्त्रीलाई एक साताभित्रै उक्त सडक निर्माण अघि बढाउन अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षसमेत रहेका रामकुमार शर्माको संयोजकत्वमा गठित महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिको अगुवाइमा जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेका महोत्तरी र धनुषाका स्थानीयले भिट्टामोड–जलेश्वर–जनकपुर सडक निर्माण एक साताभित्रै सुरु नगरे आफूहरु जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्।

एक साताभित्रै उक्त सडक निर्माण सुरु नभए भदौ २० गतेदेखि आन्दोलनमा जाने कार्यक्रम सार्वजनिक गरिएको छ। माग पूरा नभएर भदौ २० देखि २४ गतेसम्म भिट्टामोड–जलेश्वर–जनकपुर सडक खण्डको सबै चोकमा धर्ना र प्रदर्शन गर्ने, भदौ २५ र २६ गते सो खण्डमा पूर्णरुपमा यातायात ठप्प पार्ने र २७ गते बिहान ८ बजेदेखि ९ बजेसम्म उक्त खण्डमा मानवसाङ्लो बनाउने लगायत विरोधका कार्यक्रम सार्वजनिक गरिएको छ।

यी विरोध कार्यक्रमपछि पनि सडक निर्माण सुरु नभए भदौ २८ गतेदेखि उक्त खण्डको बीचमा पर्ने पिपरा बजारमा संघर्ष समितिका संयोजक शर्माले आमरण अनसन सुरु गर्ने घोषणा गरेका छन्।

नेपालको ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पौराणिक नगरी जनकपुरधाम र भारत बिहारको सीतामढी जिल्लासँग जोड्ने एकमात्र प्रमुख मार्गको रुपमा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर खण्ड एक दशकभन्दा बढी समयदेखि जर्जर भएर यस भेगका नागरिकको जीवन प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएकाले बाध्य भएर आन्दोलनमा जानुपरेको संयोजक शर्माले बताए।

यो सडक विद्यापति राजमार्गको नामले चर्चित रहे पनि भारत र नेपाल सरकारको खेलाँचीका कारण एक दशकदेखि यहाँका सर्वसाधारण समस्या भोग्न बाध्य छन्।

सडकको दुरावस्थाको कारण दुर्घटना भएर ज्यान गुमाउने र अंगभंग हुनेको संख्या बढ्दै गएको छ। सडकका कारण धार्मिक पर्यटकको संख्यामा समेत ह्रास आएको स्थानीयको भनाइ छ। सडकमा यात्रा गर्ने यात्रु तथा सडक छेउछाउका बासिन्दा धुलोको कारण विभिन्न रोगको शिकार बनिरहेका छन्। यातायात व्यावसायीको अर्बौंको लगानी धरापमा परेकाले सरकारले तत्काल उक्त सडक निर्माण सुरु गरी स्थानीयको अपेक्षा पूरा गर्नु जरुरी रहेको शर्माको भनाइ छ। 

सडकको दुरावस्थाका कारण कतिपय गर्भवती आमाले एम्बुलेन्समै मरेको बच्चा जन्माएको उल्लेख गर्दै स्थानीयले सडक निर्माणका लागि सुन्दर अभियानी तथा यहाँका स्थानीयले आन्दोलन गर्दै आएका छन्। तैपनि सरकारले आश्वासनबाहेक केही गर्न नसकेको सर्वसाधारणको गुनासो छ।

नेपाल सरकारलाई वार्षिक रुपमा ७०–८० करोड राजस्व बुझाउने भिट्टामोड भन्सारको प्रमुख र एकमात्र मूलमार्ग रहेको जनकपुर–भिट्टामोड सडकप्रति राज्य उदासीन हुनु अति दुःखद र खेदजनक भएको स्थानीयको भनाइ छ। सरकारले गत आवमा बजेट भाषणमै यसको लागि २५ करोड रुपैयाँ छुट्याए पनि उक्त रकम हराएर गएको स्थानीयको दाबी छ।

कहिले भारत सरकारले ठेक्का लगाएको ठेकेदार भाग्ने त कहिले नेपाल सरकारले आफैं बनाउने वा भारत सरकारले नै बनाउने विभिन्न बहानामा सडकप्रतिको सरकारी चालामाला हेर्दाहेर्दै यस भेगका जनता दिक्क भइसकेको सुन्दर अभियानीका मनोज झा मुक्तिको भनाइ छ। पोहोर साल 'सडक निर्माण गर या फाँसी देउ किस्ताबन्दीमा मृत्यु चाहिँदैन' नाराका साथ सुन्दर अभियानीहरुले सडक निर्माणको माग राखेर आन्दोलन गरेको बेला तात्कालीन सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले दिएको आश्वासन समेत झुठो साबित भएपछि यो सडक भएर यात्रा गर्ने सर्वसाधारण आक्रोशित छन्।

बर्सेनि सडक मर्मतको नाउँमा करोडौं रुपैयाँ खर्चिंदै भ्रष्टाचार हुने गरे पनि सडकको दुरावस्था ज्युँका त्यँु छ।

विद्यापति राजमार्गलाई यथाशीघ्र ६ लेनको बनाउनुपर्ने माग सर्वसाधारणको छ।

बजेट अभावका कारण ठेक्का प्रक्रियाको अन्तिम चरणमा रहेको यो सडकमा काम सुरु हुन सकेको छैन। 

६ महिनाअघि ठेकेदार छनोट गरी बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँदा पनि काम नभएपछि सडक निर्माण सुरु हुन नसकेको सडक निर्माणको जिम्मेवारी पाएका हुलाकी सडक आयोजनाका जनकपुरका प्रमुख अर्जुन यादवको भनाइ छ। 'उक्त सडकको दुई क्लस्टरमा ठेक्का लाग्ने फाइल अर्थ मन्त्रालयमा थन्किएछ,' यादवले भने, 'हुलागी सडक आयोजनाको सबै काम केन्द्रबाटै हुने भएकोले केन्द्रबाटै केही भएमात्र सडक निर्माण सुरु हुन सक्छ। '

भिट्टामोड–जलेश्वर–जनकपुर सडकको एक नम्बर ठेक्का ६० करोडमा र दुई नम्बर ठेक्का ६२ करोड लाग्ने टुंगो लागेर रोशन कन्स्ट्रक्सन र पपु कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनी छनोट भइसके पनि बजेट अभावमा अन्तिम सम्झौता हुन बाँकी रहेको यादवले बताए।

सुक्खामा धुलोले हिँड्नै नसक्ने र थोरै पानी परे हिलोले हिँड्नै नसक्ने स्थितिमा छ यो सडक। सडकछेउका आधा दर्जन गाउँका स्थानीय बासिन्दा सडकबाट उड्ने धुलोकै कारण बिरामी पर्ने गरेको स्थानीयको भनाइ छ।

सडकभरि जताततै खाल्डै खाल्डा छन्। सोही खाल्डाखुल्डी हुँदै दिनहुँ सयभन्दा बढी बस, जिप, सयौंको संख्यामा मालवाहक ट्रक र हजारौंको संख्यामा मोटरसाइकल गुड्दा दुई–चारवटा दुर्घटना हुने गर्छ। ती दुर्घटनामा कति घाइते भएका छन् भने कतिको मृत्यु भइसकेको छ।

सडक कालोपत्रे गर्ने ठेक्का पाएको भारतीय कम्पनी भिस्वा विभिएसआर जेभीले काम नै नगरी ३० महिने ठेक्का अवधि गुजारेर बेपत्ता भएपछि उक्त सडक निर्माण अलपत्र परेको थियो।

१ जुलाई २०११ देखि काम सुरु गरी ३० महिनाभित्रै सम्पन्न गर्ने दुवै देशका पदाधिकारीबीच सम्झौता भएको थियो। तर ठेकेदार ५ प्रतिशत काम पनि नगरी बेपत्ता भएपछि सडक विभागले पटक–पटक उक्त सडक टालटुल पार्ने नाममा लाखौं बजेट सिध्याउँदै आएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad