७ वैशाख २०८१ शुक्रबार
अर्थ

बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा

काठमाडौं – बर्जर पेन्ट्सले बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा गरेको छ। विजेता घोषणा लक्की ड्रबाट गरिएको थियो।

सो कार्यक्रममा योजना प्रवद्र्धक अनुप विक्रम शाहीले योजनामा सहभागी चार हजार चार सय घरधनीमध्येबाट २० जना भाग्यशाली विजेता लक्की ड्र मार्फत छनौट गरिएको बर्जरले जनाएको छ।

विजेतामध्ये विराटनगरका (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार जितेका छन्। काठमाडौंका रामकुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कारस्वरुप प्रत्येकले एक–एक लाख नगद हात पारेका छन्।

पूर्वाञ्चलकी लक्ष्मी बोहरा, पश्चिमाञ्चलका निरक ओली र राजेन्द्रप्रसाद पन्तले दोस्रो पुरस्कारस्वरुप ५०–५० हजार नगद उपहार जितेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कारस्वरुप जनही २५ हजार नगद पुरस्कार जितेका छन्। त्यस्तै, १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप १०–१० हजार हात पारेको कम्पनीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App