coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिभिल बैंकको ट्याब बैंकिङ

काठमाडौं – सिभिल बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवा सुरु गरेका थिए। सूचना प्रविधि उपयोग गरी ग्राहकलाई सहज बैंकिङ सुविधा घर–दैलोमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधा लिन सकिने बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सिभिलले हालसम्म ३६ अर्ब ९६ करोड निक्षेप परिचालन गरी ३६ अर्ब २८ करोड कर्जा लगानी गरेको जनाएको छ। बैंकको शाखा संख्या ६० छ।

प्रकाशित: २१ वैशाख २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App