७ वैशाख २०८१ शुक्रबार
अन्य

यस्ता छन् कालोसूचीमा पर्ने ठेकेदार

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले सन् २०१७ मा सम्झौता अनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारबाही गरेको हो । कालोसूचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वाेच्च अदालतको कालोसूची स्थगन गर्न अन्तरिम आदेश दिएको छ । कारबाही पर्नेमा प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन्।

सार्वजनिक खरिद ऐन– २०६३ अनुसार आचरण विपरित काम गर्नेलाई कालोसूचीमा राखेर कारबाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले बताए । ‘कालोसूचीमा परेका कुनै पनि बोलपत्रदाता, निर्माण कम्पनी तथा परामर्शदाताले कुनै पनि खरिद तथ टेन्डर प्रक्रियामा सहभागी हुन पाउँदैनन्,’ उनले भने, ‘कालोसूचीबाट हटेपछि भने निर्वाध रूपमा गर्न सक्नेछन्।’

ऐनमा आचरण विपरित काम गरेको प्रमाणित भएमा कालोसूचीमा राख्न सकिने प्रावधान छ । यसैगरी खरिद सम्झौताको मर्म अनुसार काम नगर्ने, सम्झौता अनुसार गुणस्तर कायम नगर्ने, स्वीकृतका लागि छनोट भएर सम्झौता गर्न नआउने कम्पनी तथा फर्मलाई पनि यस्तो कारबाही गर्न सकिन्छ।

‘सम्बन्धित सरकारी निकायले काममा अनियमितता र लापारबाही गर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कारबाहीको लागि सिफारिस गर्छन, सम्बन्धित कार्यालयले कारबाहीको लागि सिफारिस गरेकाको अनुसन्धान गरेपश्चात मात्रै कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइन्छ।’

ऐनमा खरिद सम्झौतमा भाग लिन अयोग्य ठहरिने कुनै फौजदारी कसूरमा अदालतबाट दोषी ठहरिएमा, योग्यता ढाँटी वा झुक्याएर खरिद सम्झौता गरेको कुरा प्रमाणित हुन आएका निर्माण कम्पनी तथा बोलपत्रदाता, प्रस्तावदातालाई आवश्यक छानबिन गरेर कारबाही गर्न सकिने प्रावधान छ।

कार्यालयका अनुसार सन् २०१८ को हालसम्म तोकिए बमोजिमको काम नगर्ने ९ कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ । कारबाहीमा परेकामध्ये तीन वटा कम्पनीलाई सर्वाेच्च अदालतको अन्तरिम आदेशले कालोसूची स्थगन गरिएको छ । कालोसूचीमा पर्नेमा एमएस इन्ड्रिट्रियल एसोसिएट, थापा कागेश्वारी सप्लायर्स प्राली, पवन कुमार–निकेश कुमार, नारायणदास निवास, क्वालिटी सेक्युरिटी गुड्स सप्लायर्स, डिएनके ट्रेडिङ प्राली रहेका छन्।

‘सम्बन्धित सरकारी निकायले काममा अनियमितता र लापारबाही गर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कारबाहीको लागि सिफारिस गर्छन,’ कार्यालयका सचिव मधुप्रसाद रेग्मीले भने, ‘सम्बन्धित कार्यालयले कारबाहीको लागि सिफारिस गरेकाको अनुसन्धान गरेपश्चात मात्रै कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइन्छ ।’ रेग्मी सार्वजनिक निकायले अनियमितता गर्नेको सिफारिस गर्ने गरेको बतउँछन् । ‘अधिकांश ठेकेदारले टेन्डरमा बल्छी थाप्ने तर काम नगर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘काम गर्न सक्ने हैसियत नै नभएकाले पनि टेन्डरमा सहभागी हुने, अनुचित विलम्ब र समयमा नै काम गर्ने प्रवृत्ति व्याप्त देखिएको छ, त्यसलाई सुधार गर्नु जरुरी भइसक्यो।’

ऐन अनुसार बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था वा कम्पनीलाई कार्यको गाम्भिर्यताको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षदेखि तीनवर्षसम्म कालोसूचीमा राखेर कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । सार्वजनिक खरिद कार्यालयका अनुसार ठेकेदार कम्पनीले काम गर्ने क्षमताभन्दा ठूला योजनामा टेन्डर हाल्ने प्रवृत्ति बढेको छ।

‘निर्माण व्यवसायीले आफ्नो हैसियत भन्दा ठूला आयोजनको टेन्डर हात पार्ने प्रवृत्ति देखिएको छ, जसले गर्दा ठूला आयोजना समयमा नै सम्पन्न नहुने समस्या देखिएको छ,’ उनले भने, ‘अर्काेतर्फ सरकारी आयोजनाका इन्जिनियरले अस्वभाविक ढंगले लागत इष्टिमेट तयार पार्ने गर्छन्, जसमा सुरुदेखि नै भष्ट्राचारको जालो देखिने गर्छ ।’ उनका अनुसार निर्माण कम्पनी, आयोजना, सरकार तथा स्थानीय जनता र राज्यसंयन्त्र व्यवस्थित नहुँदा विकास निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकिरहेको छैन।

सन् २०१८ मा कालोसूचीमा परेकाहरू
एमएस इन्ड्रिस्ट्रियल एसोसिएट,
थापा कागेश्वारी सप्लायर्स प्राली
पवन कुमार–निकेश कुमार
नारायणदास श्रीनिवास
क्वालिटी सेक्युरिटी गुड्स सप्लायर्स
डिएनके ट्रेडिङ प्राली

सन् २०१७ मा कालोसूचीमा परेकाहरू
नेपाल प्रगति र बोखिम एण्ड सन जेभी
नेपाल प्रगति निर्माण सेवा प्राली
बोखिम एन्ड सन कन्स्ट्रक्सन प्राली
मन्जुश्री कन्स्ट्रक्सन
निकेत निर्माण सेवा
उत्सव निर्माण सेवा
विटि र फ्रेन्ड्स र श्रेष्ठ जेभी
विटी निर्माण सेवा
फ्रेन्ड्स कन्स्ट्रक्सन प्राली
श्रेष्ठ निर्माण तथा ढुवानी सेवा
गरिमा इन्टरनेसनल स्टोर
डिलक्स सरसफाइ प्राली
पिआर कन्स्ट्रक्सन
एनइएस इन्टरप्राइजेज प्राली
एनइएस इन्टरप्राइजेज प्राली
म निर्माण सेवा
सर्वउद्धार फ्रेन्ड्स जेभी
शुभचन्द्र निर्माण सेवा
सिबी निर्माण सेवा
उत्तरगंगा इन्भेस्टमेन्ट
जोडदार निर्माण सेवा
राजपुत कन्स्ट्रक्सन
राजेन्द्र निर्माण सेवा
महामाया बिल्डर्स
माँ गंगा निर्माण सेवा
माँ गायत्री कन्स्ट्रक्सन
लक्की कन्स्ट्रक्सन
कमोडिटी फस्ट
लिर्वटी इन्टरनेसनल ट्रेडिङ
देवनारायण
कन्स्ट्रोरा सन्जोस एसए
ब्याहुत कमर्सियल ट्रेडर्स
टौदह कन्स्ट्रक्सन
जेनेटिक ट्रेडिंग प्राली
एम÷एस वल्र्डवाइड कन्र्सन लिमिटेड
एम÷एस क्राउन नेपाल इन्टरप्राइजेज प्राली
क्यानभास प्रेस प्राली
गोर्खा कन्स्ट्रक्सन प्राली
जय ओम निर्माण सेवा
सालघारी मेडिहेल्थ कन्सर्न
साठीबारी जनरल ओभरटेक बिजनेस
टौदह कन्स्ट्रक्सन
एपि सप्लायर्स
सञ्जीव एन्ड ब्रदर्स
हाइटेक पायोनियर ग्लोबल इ–गेटवे जेभी
हाइटेक पायोनियर
ग्लोबल इ–गेटवे
रियाना निर्माण सेवा
बन्डली निर्माण सेवा
एच बिकेसी लक्ष्मी निर्माण सेवा जेभी
एच बिके
सी–लक्ष्मी निर्माण सेवा
साङिग्मा निर्माण सेवा
एफएन्ड टी कन्स्ट्रक्सन
चरी ल्यान्डब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स
चन्द्रमा निर्माण सेवा
रन्जिका र शिवलाल एन्ड सन्स जेभी
शीतलचन्द्र कन्स्ट्रक्सन

प्रकाशित: २१ वैशाख २०७५ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App