coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीराम र आइराको जोडीलाई उपाधि

काठमाडौं – श्रीराम मगर र आइरा रावतको जोडीले बिहीबार छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६, ११–९ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।

बिहीबारै सम्पन्न भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा महेश श्रेष्ठलाई ६–४,६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारे । यस्तै ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले दीपक श्रेष्ठलाई ४–०, ५–३ को सेटमा पराजित पहिलो बने।

प्रतियोगितामा भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन् । सोही उमेरसमूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१, ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र सन्जिव श्रेष्ठको जोडीलाई ७–५, ६–२ ले स्तब्ध बनाउँदै अन्ति दुईमा स्थान बनाए।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२ र ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३ र १२–१० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए।

प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ।

प्रकाशित: २१ वैशाख २०७५ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App