coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ओमको शाखा बिरौटामा

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले पोखराको बिरौटामा शाखा विस्तार गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। विशेष अतिथि पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्घाटन गरेका थिए।

बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले बैंकका विविध पक्षबारे जानकारी गराएका थिए भने प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकले हालसम्म ५३ शाखा, एक–एकवटा एक्सटेन्सन काउन्टर र शाखारहित बैंकिङ सेवा तथा १६ एटिएमबाट सेवा दिइरहेको बताए।

बैंकले चैत मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब नौ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जाअन्तर्गत सर्वसुलभ रुपमा दुई लाखदेखि ४० लाखसम्म कर्जा लगानी गरिरहेको जनाएको छ। बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा र निःशुल्क आस्बा सेवा दिइरहेको छ। बैकले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शीघ्र वितरण गर्न लागेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

प्रकाशित: २१ वैशाख २०७५ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App