७ वैशाख २०८१ शुक्रबार
अर्थ

सानो मिल्ती खोलामा वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं – रामेछाप  जिल्लाको मन्थली नगरपालिका १३ र १४ (साबिकको फुलासी गाविस) मा निर्माणाधीन सानो मिल्तीखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ। बिहीबार बैंक र कम्पनीबीच ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सानो मिल्तीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुरेश लिम्बुले हस्ताक्षर गरे।

५२ करोड लागतमा निर्माण हुने उक्त आयोजनाको क्षमता तीन मेगावाट हो । उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैकले ३० करोड ७९ लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो। यस आयोजनाबाट उत्पादित बिजुली किनबेचका लागि नेपाल विद्युत् प्राधिकरणसँग पिपिए भइसकेको छ।

यो आयोजना रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण गएर फर्केका श्रमिकको लगानीमा बन्न लागेको कम्पनीका प्रबन्ध सञ्चालक कपिलदेव न्यौपानेले जानकारी दिए। कोरियाबाट फर्केका नेपालीबाट १२ करोड रुपैयाँ संकलन भइसकेको बताइएको छ। आयोजनाको निर्माण झन्डै तीन वर्षअघि सुरु भए पनि भूकम्प, नाकाबन्दी लगायत कारण ढिलाइ भएको र अब डेढ वर्षभित्रमासम्पन्न हुने कम्पनीले जनाएको छ।
 
हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका श्रेष्ठले आयोजना सञ्चालन भएकोमा खुसी लागेको भन्दै समयमा नै सम्पन्न गर्न सुझाव दिए। उनले ऊर्जामा लगानीलाई प्राथमिकता दिने सरकारी नीति अनुरुप श्रमिकले प्रवद्र्धन गरेको आयोजना गर्न लागेको बताए।

प्रकाशित: २१ वैशाख २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App