८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : चेन्नईद्वारा कोलकातासामु १७८ रनको लक्ष्य प्रस्तुत

कोलकाता – इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्ससामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनायो।  चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ४३ रन बनाए। २५ बल खेलेका धोनी १ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे। शेन वाट्सनले ३६ रनको पारी खेले। 

सुरेश रैना ३१ रनमा आउट हुँदा फाफ डु प्लेसिस २७ रनमा समेटिए। अम्बति रायडूले २१ रन र रवीन्द्र जडेजाले १२ रन जोडे।

बलिङतर्फ पियुष चावला र सुनील नरिनले २–२ विकेट लिए। कुलदीप यादवले १ विकेट लिए।

प्रकाशित: २० वैशाख २०७५ १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App