coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री अन थी बास्केटबल हुने

काठमाडौं- रुस्लान थ्री अन थ्री नेबा प्रेसिडेन्ट कप बास्केटबल मंगलबार देखी हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पाउनेछ। त्यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ १६ टिमले भाग लिने आयोजक पेरिविंकल ट्रेड एन्ड सर्भिसले बताएको छ।

प्रतियोगितामा पोखरा र धरानका टोलीले पनि भाग लिने आयोजकले बताएको छ। त्यसको लागि नेपाल बास्केटबल संघले समन्वय गरिरहेको प्रतियोगिताको संयोजक दिपेश घलेले बताए।

बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको तेस्रो संस्करणले नेपालमा थ्री अन थ्री बास्केटबलको लोकप्रियता बढाउन सहयोग गर्ने संयोजक घलेले बताए। 'प्रतियोगिताले नेपाली बास्केटबल खेलाडीको व्यक्तिगत स्तर माथी उठाउने छ,' उनले भने, 'प्रतियोगितालाई हामीले विगतभन्दा थप व्यवस्थित गर्ने उद्देश्यले रंगशालामा गर्न लागेको छौं।'

प्रतियोगितामा जुनसुकै स्तरको खेलाडीले खेल्न पाउने आयोजकले बताएको छ। यसअघि प्रतियोगिताको दुई संस्करण सकिँदा पुरुषतर्फ दुवै पटक गोल्डेनगेट कलेज च्याम्पियन बनेको थियो। महिलामा प्राइम र गोल्डेनगेट पूर्व विजेता हुन्।

प्रकाशित: १३ भाद्र २०७३ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App