मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

बिहिबार, २० बैशाख २०७५, १४ : ४७ नागरिक

काठमाडौं – पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।

प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको छ।

विगत चार–पाँच दिनदेखि प्री–मनसुनी गतिवविध सक्रिय रहेको तथा स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणालीको पनि प्रभावले बदली र वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए। “अहिले भइरहेको मौसमी गतिविधि स्थानीय वायुसँगै बाहिरी (वायु) मौसमी प्राणलीको पनि प्रभाव रहेको छ। पूर्वी र मध्य क्षेत्रमा बंगालको खाडीको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका साथै स्थानीय रुपमा न्यून चापीय प्रणालीको विकासले एक हप्तादेखि मौसमी गतिविधि बढेको हो, यो अझै एक–दुई दिन जारी रहन्छ,” उनले भने।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ। आज सबैभन्दा बढी भैरहवामा ६५, वीरेन्द्रनगरमा ३१, ओखलढुंगामा २०, दीपायलमा १७, ताप्लेजुङ र दाङमा समान ११ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा सबैभन्दा कम एक मिलिमिटर वर्षा भएको छ। अहिले पनि अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भइरहेको माहाखाले जनाएको छ।

मौसमविद्का अनुसार सामान्यतः प्री मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मानिन्छ। कहिलेकाहीँ यो तलमाथि पनि हुनसक्छ। प्रीः मनसुन –मार्च, अप्रिल र मेलाई मानिन्छ। अक्टोबर र नोभेम्बरलाई पोष्ट मनसुन तथा डिसेम्बर, जनवरी र फेब्रुअरी विन्टर सिजन यसरी वर्षमा चार सिजन बाँडिएको हुन्छ।

प्रीःमनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ। खासगरी यसको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ। यसलाई सहयोग गर्न बंगालको खाडीको जलवास्पयुक्त हावा देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने र कहिलेकाहीँ पश्चिमी वायुको प्रभावले गर्दा विमान वा दिउँसोपख बदली र वर्षा गराउने हुन्छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम १६ डिग्री सेल्सियस रहेको छ।    (रासस)







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad