७ वैशाख २०८१ शुक्रबार
समाज

चीन पठाउने गैँडा समात्ने काम सकियो

चितवन – चीनमा उपहार पठाउने गैँडा समात्ने काम सकिएको छ। चीन पठाउनको लागि चितवन राष्ट्रिय निकुञ्जमा गैडा नियन्त्रण गर्ने काम सकिएको हो। 

बिहीबार तेस्रो गैडा निकुञ्जको सुखिभिर क्षेत्र बाट नियन्त्रणमा लिएपछि गैडा नियन्त्रणको काम सकिएको निकुञ्जले जनाएको छ।

यसअघि दुईवटा गैडा नियन्त्रणमा लिएर निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिएको निकुञ्जका सुचना अधिकारी तथा सहायक सँरक्षण अधिकृत नुरेन्द्र अर्याल ले जानकारी दिए।

चीनलाई एक जोडी भाले र एक जोडी पोथी गैँडा पठाइँदैछ। एकदेखि दुई वर्ष उमेर समूहका चार गैडा पठाइन लागिएको हो । एक गैँडा भने गत भदौमा बाढीमा परेर उद्धार गरिएको गैँडा पठाइनेछ। समातिएका गैँडा केही समय बुमामा राखेर हेरचाह गरिनेछ। खानपानको व्यवहार सिकाएपछि गैँडा पठाइने अर्यालले बताए।

प्रकाशित: २० वैशाख २०७५ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App