७ वैशाख २०८१ शुक्रबार
खेल

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

तस्बिर सौजन्यः गोलनेपाल डट कम

दमक – झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।  खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा ११ लाई ४–० ले स्तब्ध पार्दै मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं विजयी भएको छ। विजयी टिमका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा आबा र प्रकाश बुढाथोकीले एक–एक गोल गरेका थिए। 

प्रतियोगितामा आयोजक दमक नगरपालिका सहित झापा ११, थ्री स्टार, मनाङ मर्स्याङदी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, रुपन्देही ११, सरस्वती र मदन भण्डारी स्पोर्टस एकेडेमी गरी १० टोलीको सहभागिता रहेको छ।

वैशाख २८ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछन्। गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ।

साथै उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलकिपर, प्रशिक्षक र सर्वा्धिक गोलकर्तालाई जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ११ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: २० वैशाख २०७५ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App