७ वैशाख २०८१ शुक्रबार
समाज

वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

बनियानी – आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ। 

झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत वृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार आएका गाउँपालिका अध्यक्ष शम्शेर राईले घटनाको भत्र्सना गर्दै उपचार खर्च गाउँपालिकाले बेहोर्ने बताए। 

गापा अध्यक्ष राईसहित अस्पताल आएको टोलीले अस्पताल प्रशासनसँग छलफलसमेत गरेको थियो । छलफलपछि पीडित वृद्धाको उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने जनाइएको थियो। 

आइतबार बेलुका करीब ११ बजे केही युवाले वृद्धामाथि बलात्कार गरी मरणासन्न हुने गरी कुटपिटसमेत गरेका थिए। पीडकले वृद्धाको जिब्रोसमेत थुतिदिएका थिए। शल्यक्रिया गरी उनको जिब्रो जोडिएको छ। 

अचेत अवस्थामा फेला परेकी उनको तीन दिनदेखि उपचार भइरहेको छ भने स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ। इलाका प्रहरी कार्यालय, पशुपतिनगरले घटनामा संग्लन भएको आरोपमा तीनजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: २० वैशाख २०७५ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App