५ वैशाख २०८१ बुधबार
खेल

आईरा र प्रेरणा फाइनलमा

काठमाडौं – सेमिफाइनलमा अभिलासा विष्ट तथा गंगा शर्मालाई पराजित गर्दै आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्। 

सेमिफाइनलमा आईराले अभिलाषा विष्टलाई ६–३, ६–१ तथा प्रेरणाले गंगा शर्मालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधिका यात्रा तय गरेका हुन्। 

बुधबारै, सम्पन्न पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले प्रदीप खड्कालाई ६–१, ६–१ तथा कमल भण्डारीले सन्तोष खत्रीलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। 

यस्तै,कमल भण्डारी भेट्रान ३५ वर्षमाथि सिंगल्सको पनि फाइनलमा प्रवेश गरेका छन् । बुधबार कमलले राजु श्रेष्ठलाई ६–०,६–० को सोझो सेटमा पराजित गर्दा फाइनलमा महेश श्रेष्ठसँगको भेट पक्का गरेका हुन्।

बुधबारै सम्पन्न भेट्रान ३५ वर्षमाथि सिंगल्सको अर्को सेमिफाइनलमा महेश श्रेष्ठले रोहित सुनवारलाई ६–३,६–४ ले पराजित गर्दै अन्तिम दुइको यात्रा तय गरेका थिए । सोही उमेरसमूहको डबल्समा चन्द्र शाही र राजु श्रेष्ठको जोडीले राजु क्षेत्री र सिमान्त गुरुङको जोडीलाई ६–०, ६–३ तथा श्रीराम मगर र सोभितमान श्रेष्ठको जोडीले निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। 

पुरुष डबल्समा सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीलाई ६–२, ६–० तथा अनिल शाही र प्रदीप खड्काको जोडीले प्राञ्जल कायश्थ र नवीन मगरको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाए। 

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, कृष्णराज घले, विकास गुरुङ र विनोद गुरुङ बुधबार सेमिफाइनलमा प्रवेश गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारबीच फाइनल खेल हुनेछ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विष्णु गैरे र ध्रुव गुरुङले फाइनलमा स्थान सुरक्षित गर्दा ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंह, सुदर्शन विष्ट र राजु क्षेत्री तथा सन्जिव श्रेष्ठ र डेगेन्द्र श्रेष्ठको जोडीले अन्तिम चारको यात्रा तय गरे। 

 

प्रकाशित: २० वैशाख २०७५ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App