coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मान्चिनीसँग छलफल

रोम– इटालियन फुटबल संघले रिक्त भएको राष्ट्रिय टोलीको प्रशिक्षको जिम्मेवारी लिनका लागि रोबर्टो मान्चिनीसँग छलफल भइरहेको जनाएको छ।

इटालियन फुटबल संघका प्रवक्ता रोबर्टाे फाब्रिचिनीले सोमबार मान्चिनीसँग राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेबारीका लागि भेटवार्ता भएको र आफूहरुको प्रस्तावमा उनी सकारात्मक भएको बताए।

मान्चिनी हाल रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गका मुख्य प्रशिक्षक छन्। ‘राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न हामीले गरेको प्रस्तावमा मान्चिनीले कुनै निर्णय दिइसकेका छैनन,’ फाब्रिचिनीले भने, ‘तर रुसमा घरेलु सिजनको अन्त्यपछि दुवै पक्षबीच मे १३ मा पुनः छलफल गर्नेबारे सहमती भएको छ।

गत नोभेम्बरमा इटालीलाई ६ दशकमा पहिलो पटक विश्वकपमा छनोट गराउन असफल भएको भन्दै जियान पियरो भेन्टुरा बर्खास्तगस्तगीमा परेपछि यु–२१ टोलीका प्रशिक्षकलाई लुइजी डी बायोजियोलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

इटालीका पूर्व खेलाडी मान्चिनीले फिरोरेन्टिना, लाजियो, इन्टर मिलान, म्यानचेस्टर सिटी र गालाटासारेजस्ता क्लबमा प्रशिक्षण दिँदै क्लबलाई उपाधि समेत जिताइसकेका छन्।

बायर्न म्युनिखका प्रशिक्षक कार्लो एन्सेलोट्टीले प्रशिक्षक बन्नका लागि गरिएको प्रस्ताव अस्विकार गरेसँगै फुटबल संघले मान्चिनीलाई प्रशिक्षणको जिम्मेबारी दिने तयारी गरेको हो । इटालियन फुटबल संघले मे २० भित्रै राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक भित्र्याइसक्ने जनाएको छ।

प्रकाशित: २० वैशाख २०७५ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App