coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘स्मिथ र वार्नरलाई अझै ढोका खुल्ला’

सिड्नी – क्रिकेट अस्ट्रेलिया(सिए) का कार्यकारी प्रमुख जेम्स सुथरल्यान्डले उप–कप्तान डेविड वार्नरसँगै कप्तान स्टिभ स्मिथ र ओपनर क्यामरुन बेनक्रफ्टका लागि अस्ट्रेलियाली क्रिकेट टोलीमा अझै ढोका खुला भएको बताएका छन्। 

गत महिना दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा सार्वजनिक भएको बल टेम्परिङको घटनामा संलग्न भएको भन्दै  स्मिथ, वार्नर  र  क्यामरुन बनेक्रफ्ट प्रतिबन्धमा परेका थिए।

सिएले उक्त प्रकरणमा वार्नर मुख्य योजनाकार भएको, स्थिमले उनको योजनालाई स्विकार गरेका र बेनक्रफ्टले योजना कार्यान्वयन गरेको आरोपमा क्रमश १–१ वर्ष र ९ महिनाको प्रतिबन्ध लगाएको थियो।

खेल लगत्तै स्मिथ र बेनक्रफ्टले पत्रकार सम्मेलनमा उपस्थित भएर बल टेम्परिङको घटनामा संलगन भएको स्विकार गर्दै माफी मागेका थिए । स्मिथले स्वदेश फर्किएपछि सिएको प्रतिबन्धको सम्मान गर्नै भन्दै छिट्टै टोलीको नेतृत्वमा फर्कने इच्छा  व्यक्त गरेका थिए।

वार्नरले बल टेम्परिङको घटनामा संलग्न भएको स्विकार गर्दै कहिल्यै पनि अस्ट्रेलियाली टोलीबाट नखेल्ने घोषणा गरेका थिए । तर सुथरल्यान्डले सबैका लागि राष्ट्रिय टोलीको ढोका अझै खुला भएको बताए।

‘स्मिथ, वार्नर र बेनक्रफ्टले बल टेम्परिङमा संलग्न भएको भन्दै सार्वजनिक रुपमा माफी माग्दै सिएको प्रतिबन्ध स्विकार गरिसकेका छन्,’सुथरल्यान्डले भने, ‘प्रतिबन्धपछि पनि राष्ट्रिय टोलीका छनोटकर्तालाई प्रभावित गर्न सके उनीहरुले सहजै टोलीमा स्थान पक्का गर्न सक्नेछन् । उनीहरु अर्को अवसरका  लागि सक्षम छन्।’

‘म उनीहरु राष्ट्रिय टोलीमा पुनरागमन गर्दै पुन स्वभाविक लयमा प्रदर्शन गरेको हेर्न चहान्छु,’सुथरल्यान्डले थपे, ‘सिएले अबका दिन अन्य खेलाडीबाट यही प्रकृितको गल्ती नदोहोरियोस् भनेर उनीहरुमाथि प्रतिबन्ध लगाइएको हो।’

प्रकाशित: २० वैशाख २०७५ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App