८ वैशाख २०८१ शनिबार
कला

महेश बाबुको फिल्मले गर्याे नयाँ रेकर्ड

भारत साउथका फिल्मस्टार महेश बाबुको एउटा फिल्मले नयाँ रेकर्ड कायम गरेको छ । उनीद्वारा अभिनित फिल्म ‘भरत अने नेनु’ले १६१ करोड कलेक्सन गर्दै नयाँ रेकर्ड कायम गरेको हो । यो केवल दस दिनको कलेक्सन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोर्टाला शिवको निर्देशन रहेको फिल्म राजनीतिक विषयमा बनाइएको छ । फिल्ममा महेश बाबु र कियारा आडवाणीको मुख्य भूमिका रहेको छ । 
तेलेगु भाषामा निर्मित यो फिल्मले पहिलो दिनमै अमेरिकामा १३ करोड ७२ लाख, अष्ट्रेलियामा १ करोड ७२ लाख, आन्ध्र प्रदेशमा २३ करोड ५२ लाख कलेक्सन गरेको थियो । 
यो चलचित्र भारतका अन्य भाषामा पनि डबिङ कार्य भइरहेको निर्माण पक्षले जनाएको छ ।
 

प्रकाशित: २० वैशाख २०७५ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App