७ वैशाख २०८१ शुक्रबार
समाज

अमेरिकामा एक रुकुमेलीको मृत्यु

रुकुम – आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो। एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उनको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए।

मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उनले बताए। रासस

प्रकाशित: २० वैशाख २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App