७ वैशाख २०८१ शुक्रबार
राजनीति

गैसस महासंघ प्रदेश ३ को अध्यक्षमा लामा

मकवानपुर –  गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ३ को प्रथम अधिवेशनले सर्वसम्मत रूपमा मकवानपुरका बुद्धशरण लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

बुधबार हेटौंडामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धादिङका दामोदर अर्याल, सचिवमा मकवानपुरकी आरती पाठक, कोषाध्यक्षमा सिन्धुपाल्चोककी सञ्चमाया स्याङ्बो, सहसचिवमा काठमाडौंका अमरसिंह अधिकारी तथा सदस्यहरूमा नुवाकोटकी देवकी पौडेल, काभ्रेकी शान्तिलक्ष्मी श्रेष्ठ, सिन्धुलीका सञ्जयकुमार दाहाल र ललितपुरका नरेशकुमार श्रेष्ठ चयन भएका छन्। प्रदेश समितिमा दुई सदस्य पछि मनोनित गरिने र प्रदेशका १३ जिल्ला अध्यक्षहरू पदेन सदस्य हुने अध्यक्ष लामाले बताए।

बुधबार बिहान भएको अधिवेशनको बन्द सत्रअघि गैससहरूको साझा धारणापत्र र भावी मार्गचित्रका विषयमा छलफल भएको थियो। कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद सुवेदीले नेपालमा नागरिक संस्थाहरू विगत, वर्तमान र आगामी मार्गचित्र बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। गैरसरकारी संस्था महासंघको दुईदिने ३ नम्बर प्रदेश स्तरीय नागरिक सम्मेलन तथा प्रथम अधिवेशनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार उद्घाटन गरेका थिए।

प्रकाशित: २० वैशाख २०७५ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App