स्कुल जान थाले भूकम्पबाट बचेका सोनिश

बिहिबार, २० बैशाख २०७५, ०६ : ३० कृष्ण किसी

भक्तपुर – २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्। २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् । घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि  एकाएक चर्चाको शिखरमा पुगेको थियो।

सोनिशका आमा रश्मिलाले आर्थिक अवस्था कमजोर रहेका कारण सोनिशलाई नाम चलेको स्कुलको सटामा स्थानीयस्तरकै सानो स्कुलमा भर्ना गरिदिएको जनाइन्। सोनिश भर्ना भएको स्कुलमा कक्षा ६ सम्म अध्ययन अध्यापन हुन्छ। ‘भर्ना शुल्क दुई हजार पाँंच सय, वार्षिक शुल्क तीन हजार, फर्म शुल्क पाँंच सय, स्टेशनरी दुई सय ५०, टिफिन शुल्क पाँंच सय र मासिक शुल्क नौ सय तिरेर छोरालाई नजिकैको स्ुकलमा भर्ना गरिदिए, उनले नागरिकसँंग भनिन्, ‘छोराले राम्ररी पढेर नाम नचलेकै स्कुलबाट पनि राम्रो गर्ला भन्ने आश छ।’ यसअघि सोनिश भक्तपुर नगरपालिकाद्धारा सञ्चालित भक्तपुरकै भोलाछेंस्थित शिशु स्याहार केन्द्रमा महिनामा पाँंच सय रुपैयाँं तिरेर एक वर्ष शिशु स्याहारमा रहेका थिए।

सोनिशलाई नाम चलेकै भक्तपुरको एभरेष्ट इंगलिश स्कुल व्यासीमा भर्ना गर्ने आमा रश्मिलाको इच्छा थियो । भक्तपुरकै व्यासीमा रहेको एभरेष्ट स्कुल नदेखेका उनले व्यासीमै रहेको एम्स् स्कुल जुन स्कुलको वोर्डको नाम एबाट सुरु हुन्थ्यो देखेपछि त्यही स्कुल नै एभरेष्ट स्कुल भनी भर्ना गरिदिएको सुनाइन्। ‘एभरेष्ट स्कुलको नामको पहिलो अक्षर एबाट आउँंछ भन्ने लागेको थियो र त्यही एबाट सुरु भएको एम्स् स्कुल नै एभरेष्ट स्कुल हो भनी लागेर भर्ना गरिदिए, सामान्य अंग्रेजी मात्रै बुझेकी रश्मिलाले स्कुल छनौटको आधार खुलाउँंदै भनिन्, ‘तर एभरेष्टको नामको सुरुको अक्षर त ईबाट पो आउँंदो रहेछ र भर्ना गरेर पैसा बुझाएपछि मात्रै यो कुरा थाहा भयो।’ एभरेष्ट स्कुल नभएर अर्काे स्कुलमा छोरा भर्ना गराएको थाहा पाएर पैसा फिर्ता माग्दा नदिने कुरा भएपछि महँंगो स्कुलमा पढाउन हामी गरिवले कहाँं सक्छौं र? भनेर त्यही स्कुलमै भर्ना गर्न चित बुझाएको उनले सुनाइन्। यसबाहेक पनि आफूलाई नजिकैको जेन्युइन सेकेण्डरी स्कुलमा भर्ना गर्ने इच्छा रहेको तर त्यो पनि नाम चलेको महँंगै स्कुल भएकोले सानै स्कुलमा चित बुझाएको उनले सुनाइन् ।

आर्थिक अभाबकै कारण उनी विहान र बेलुका छोरालाई आफै स्कुल पु-याउन जाने र लिन जाने गर्छिन्। यसबाहेक उनी फुर्सदको समयमा कोठामै भएको एउटा टेलर्स (सिलाई मेशिन) मा टोलछिमेकको सामान्य सिलाई बुनाईका काम गर्छिन्। साथै सिलाईको काम नभएको बेला घरमै टोपी, मोजा बुन्ने काम उनी गर्छिन्। उनका पति भने सामान्य चालक छन्।

सोशिन भर्ना भएको एम्स् स्कुलका प्रिन्सिपल सुरज सुवालले सोनिश कक्षाकोठाका अरु बालबालिका भन्दा एक्टिभ देखिएको बताए। ‘बच्चा अलि चकेचके छ, उनले थपे। परिवारको आर्थिक अवस्था कमजोर देखिएकाले सोनिशको मासिक शुल्क नलिने योजना रहेको उनले सुनाए। कक्षा ६ देखि भने सोनिशलाई वीरेन्द्र सैनिक स्कुलमा निः शुल्क रुपमा पढाईदिने यसअघि नै नेपाली सेनाले घोषणा गरिसकेको छ।

सोनिशको परिवारले अहिलेसम्म भूकम्पले भत्केको घर बनाउन पाएको छैन। भूकम्पले भत्केको पुरानो घरको जग्गा आफूहरुको नाममा नहुँंदा उनीहरुले सरकारले दिएको पहिलो किस्ताको अनुदान रकम पनि पाएका छैनन्। अहिलेसम्म पनि उनीहरुको चार जनाको परिवा एउटा कोठाको भाडामा बसिरहेका छन्। एउटै कोठामा श्रीमान्श्रीमतीका लागि एउटा र छोरा सोनिश तथा सात कक्षामा पढ्ने छोरी सोनियाका लागि एउटा गरी दुई वटा खात छन्। त्यही कोठामै भान्छा र सामान्य सिलाइका लागि एउटा टेलर्स पनि छ।

भूकम्पपछि सोनिशका कारण चर्चित बनेका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई रश्मिलाले भेट्न पाएकी थिइन्। ‘पहिला भएकै प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ भनेर सुनेको छु, उनले भनिन्, ‘उहाँंले पहिला भेट्दा आवासको लागि हेर्छु भन्नुभएको थियो, त्यसकारण अहिले पनि उहाँं प्रधानमन्त्री हुनुभएकोले एक पटक भेट्न पाए हुन्थ्यो।’







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad