पूर्व राष्ट्रपति यादवलाई क्यान्सर

सोमबार, १३ भदौ २०७३, ०७ : १५ प्रवीण ढकाल  | @praveendhakal

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन्। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा 'एडिनोकार्सिनोमा अफ प्रोस्टेट' (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो।

अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै 'मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी' (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका हुन्।

नेपालमा उपचारका लागि उक्त प्रविधि नभएपछि मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सिफारिस गरेको हो। बोर्डले भदौ ५ गते यादवलाई उपचारका लागि नेपालबाहिर जान सिफारिस गरेको थियो। भारतका केही अस्पतालमा उक्त सेवा उपलब्ध रहे पनि चन्डिगढको उक्त अस्पतालले समेत सकेसम्म उच्च प्रविधि भएको ठाउँमै जान सुझाएपछि यादवले अमेरिका छानेका हुन्।

नेहरू अस्पतालले पूर्व राष्ट्रपतिको उपचारक्रममा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको छ। नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै अस्पतालले उपचारक्रममा लागेको खर्च शुल्क नलिएको हो। यादवले उक्त अस्पतालको शिक्षण अस्पतालमा अध्ययन गरेका थिए।

शल्यक्रियाका लागि पूर्व राष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसकेका छन्। उनको आगामी असोज १० गते (सेप्टेम्बर २६) शल्यक्रिया गर्ने मिति लिइएको छ। पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनी शल्यक्रियाका लागि भदौ ३० गते (सेप्टेम्बर १५) अमेरिका उड्ने कार्यक्रम छ।

चिकित्सकका अनुसार शल्यक्रियापश्चात उनको क्यान्सर पूर्ण रूपमा निको हुनेछ। तर, शल्यक्रियामा ढिला गर्ने हो भने संक्रमण फैलिएर जटिल अवस्था आउने छ। भारतका विशेषज्ञ चिकित्सकले यादवलाई एक महिनाभित्र शल्यक्रिया गरिसक्न सुझाएका थिए।

शल्यक्रियाका लागि यादवले सुरुमै ३७ हजार अमेरिकी डलर (करिब ३७ लाख रुपैयाँ) भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने हुन्छ। उनको उपचारक्रममा सोभन्दा बढी खर्च लाग्ने बताइएको छ। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

यादवका स्वकीय सहायक किरण पन्थले क्यान्सर उपचारमा लाग्ने खर्च उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन बुझाएका छन्। अघिल्लो सोमबार प्रधानमन्त्री कार्यालयमा पन्थले बुझाएको पत्रमा उपचार खर्च, र अमेरिका जाने यातायात तथा बसोबास खर्च उपलब्ध गराउन भनिएको छ। यादवसँग उपचारका लागि छोरा चन्द्रमोहन, छोरी अनिता, एकजना सुरक्षाकर्मी र सहयोगी जाने छन्।

प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीका अनुसार यादवको उपचारका लागि लाग्ने खर्चका विषयमा सम्भवतः अब बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। मन्त्रिपरिषद् बैठक सोमबार बस्दै छ। 'पूर्व राष्ट्रपतिलाई क्यान्सर भएको र तत्कालै शल्यक्रिया गर्नुपर्ने विषयमा आगामी मन्त्रिपरिषद्ले निर्णय गर्ने सम्भावना छ,' उनले भने, 'उहाँको क्यान्सर उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय हुने सम्भावना छ।'

प्रोस्टेट समस्या देखिएपछि साउन २० गते उपचारका लागि भारत गएका पूर्व राष्ट्रपति यादवको उपचारका लागि २१ साउनमा बसेको मन्त्रिपरिषद्ले १० लाख दिने निर्णय गरेको थियो। तर, उक्त रकम यादवले लिएका छैनन्।

भारत जानुअघि उनले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणक्रममा प्रोस्टेटमा खराबी देखिएपछि चिकित्सकको सुझावअनुसार थप उपचारका लागि यादव भारतस्थित आफू पढेको अस्पताल गएका थिए।

साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाबमा समस्या देखिएको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पताल आएर उनले परीक्षण गराएका थिए।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार महिलालाई स्तन क्यान्सर भएजस्तै पुरुषलाई प्रोस्टेट क्यान्सर हुन्छ। प्रोस्टेट क्यान्सरलाई 'साइलेन्ट किलर' समेत भनिन्छ। प्रोस्टेट ग्रन्थीले वीर्य उत्पादन गर्ने काम गर्छ। सामान्यतया ६० वर्षमाथिका पुरुषलाई यस्तो क्यान्सर हुने खतरा रहन्छ। प्रोस्टेटमा संक्रमण भएपछि पिसाबमा रगत देखिने, मूत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउने जस्ता समस्या देखिने गर्छ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad