coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ग्राम उद्योग स्थापना गर्ने

म्याग्दी- जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानीमा ग्राम उद्योग स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णयको कार्यान्वयन गदैं बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको वैठकले मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो। मुलपानीमा ७ सय रोपनी जग्गा उपलब्ध गराउन सकिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिए। ‘मुलपानीमा समथर भाग छ,‘उद्योग स्थापनाका लागि ७ सय रोपनी जग्गा सहजै ब्यवस्थापन गर्न सकिन्छ’ बरुवालले भने । उनका अनुसार उद्योगका बारेमा थप छलफलका लागि प्रदेश सरकारसंग समन्वय गर्ने बताए । औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने पानी, विजुली, सडक र भौतिक पूर्वाधा विस्तारका लागि मुलपानी सहज भएको प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले बताए । उनका अनुसार उद्योग स्थापनाका लागि जिल्लाका अन्य स्थानीय तहभन्दा पहिलो उद्योग स्थापनाको निर्णय भएको बताउँदै स्थापनाका लागि समेत तिब्र गतिमा अगाडी बढ्ने बताए । उनका अनुसार कार्यपालिकाको बैठकले  एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि र शिक्षक नियुक्ती तथा सरुवा सम्बन्धि कार्यविधी सर्वसम्मत रुपले पारित गरेको छ।

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदान गरेको एम्बुलेन्स गाउँपालिका मातहत सञ्चालन गर्न उक्त कार्यविधी पारित गरिएको गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुनले बताए । अध्यक्ष पुनको सक्रियतमा भारतीय दूतावासबाट एम्बुलेन्स ल्याइएको थियो । कार्यविधि पारित भएपछि दैनिक रुपमा एम्बुलेन्स सञ्चालन गर्न र विद्यालयहरुमा रिक्त रहेको दरबन्दीमा शिक्षक नियुक्ती गर्न सहज भएको अध्यक्ष पुनले बताए । जिल्लामा आन्तरिक श्रोत परिचालनका साथै पर्यटन, जलविद्युत र कृषिमा समेत प्रचुर सम्भावना रहेको गाउँपालिकामा आवश्यकता अनुसार थप उद्योग स्थापनालाई समेत प्राथमिकता दिने अध्यक्ष पुनको भनाई छ।

प्रकाशित: १९ वैशाख २०७५ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App