श्रीमानको कुटाइले उपमेयर घाइते

बुधबार, १९ बैशाख २०७५, १७ : २३ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं– श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

वृतका प्रहरी निरीक्षक सुन्दर चौलागाईले कुटपीटपछि उपप्रमुखकको आँखामा गम्भीर चोट लागेको र शरीरभरि निलडाम रहेको जानकारी दिए । उनका अनुसार अहिले उप–प्रमुखका श्रीमान कुँवर महानगरीय प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा छन् ।

  • श्रीमान्‌को चुटाइले गाेदावरी नपाकी उपमेयर घाइते
  • श्रीमती नेता बनेपछि पारिवारिक वेमेल भएको श्रीमान्‌को बयान
  • पारिवारिक झगडा भएकाले दुवैलाई मिलाएर घर पठाउने प्रहरीको प्रयास
  • उपमेयर मुना अधिकारी नेकाको तर्फबाट विजयी
  • उपमेयर नपाको न्यायिक समिति संयोजक हुन्

कुटाइबाट घाइते बनेकी उप–प्रमुख उपचारपछि घर फर्किएको पारिवारिक स्रोतको भनाई छ । श्रीमानको कुटाइले घाइते बनेकी उप–प्रमुख अधिकारी बुधबार दिउँसो प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी परिसर जावलालखेल आएकी थिइन् । उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी छिन् । प्रहरीले नियन्त्रणमा लिएका उनका श्रीमान् धु्रव कुवँरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताए । उनले भने, ‘निर्वाचित भएयता परिवारलाई समय दिनै छाडिन्, पहिले–पहिले मिलेर खाना पकाउँथ्यौं, दुःखसुख साटासाट हुन्थ्यो, अहिले रातीसम्म पनि घर आउँदिनन्, यही विषयमा हाम्रो झगडा भएको हो, मेरो कुरा अटेर गरेकोले मैले हात उठाएकोे हुँ ।’

स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट उपप्रमुख बनेर अधिकारीले चुनाव जितेकी थिइन् । जनप्रतिनिधि बनिसकेपछी श्रीमान ध्रुव कुँवर र उनीबीच झगडा हुन थालेको पारिवारिक स्रोतको भनाई छ । प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । परिसरका एसएसपी गणेश ऐरले श्रीमान् श्रीमतीको झगडा भएकोले मेलमिलामको लागि महिलासेलमा पठाइएको बताए । ‘श्रीमानलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘दुवै पक्षलाई मेलमिलाप गराएर घर पठाउने तयारी गरेका छौं ।’  उप–प्रमुख कुवँर स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक समेत हुन् ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad