८ वैशाख २०८१ शनिबार
कला

जन्मदिनमा अनुष्कालाई विराट कोहलीले दिए अमूल्य उपहार

मुम्बई– भारतका चर्चित क्रिकेटर विराट कोहलीले पत्नी एवं बलिउड अभिनेत्री अनुष्का शर्माको ३०औं जन्मदिनमा विशेष उपहार प्रदान गरेका छन्।

११ औं सिजनको जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान समेत रहेका विराटले मंगलबार राति मुम्बई इण्डियन्सविरुद्धको खेलमा बेग्लोरले घरेलु मैदानमा हात पारेको १४ रनको जितलाई पत्नी अनुष्काको नाममा समर्पित गरेका हुन्। विराटले यसलाई अनुष्काका लागि सानो गिफ्ट भनेका छन्।

आफ्नो जन्मदिनमा श्रीमानबाट यस्तो प्रकारको गिफ्ट कुनै पनि महिलाका लागि निकै महत्वपूर्ण र अमूल्य हुने विश्लेषण गरिएको छ।

आर्मी घरानामा १९८८ मे १ मा जन्मिएकी अनुष्काको मंगलबार ३० औं जन्मदिन विशेष रह्यो। मुम्बईविरुद्ध जित निकालेर अनुष्कालाई खुसी दिँदै विराटले खेल सकिएपछि भनेका छन्- ‘मेरी पत्नी यहाँ छिन्। उनको जन्मदिनमा यो सानो गिफ्ट हो। म खुसी छु कि उनले यहाँ उपस्थित भएर हाम्रो खुसीको हिस्सा लिइन्।’

प्रकाशित: १९ वैशाख २०७५ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App